मोदीको जन्मदिनमा ओलीको बधाई

असोज १, काठमाडौं ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनमा नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् । ओलीले ट्वीटरमार्फत समकक्षी मोदीलाई शुभकामना दिएका हुन् ।

बिहीबार मोदीको ७० औं जन्मदिन हो । शुभकामना दिँदै दुवै देशबीचको सम्बन्ध मजबुत बनाउन दुवै जना मिलेर काम गर्ने बताएका छन् ।

‘तपाईंको जन्मदिनको शुभ अवसरमा हार्दिक बधाई । म तपाईंको सुख र सुस्वास्थ्यको कामना गर्दछु,’ ओलीले मोदीलाई ट्वीटरमा मेन्सन गर्दै लेखेका छन्, ‘हामी हाम्रा दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउनका लागि मिलेर काम जारी गर्नेछौं ।’

भारतीय सञ्चारमाध्यमका अनुसार मोदीको जन्मदिनको अवसरमा भारतीय जनता पार्टिले ‘सेवा सप्ताह’ सुरु गरेको छ । जसमा वृक्षारोपण, बिरामीलाई फलफूल वितरण जस्ता कार्यक्रम गरेर मनाइने बताइएको छ ।