असोज, ११ काठमाडौं । नेकपा(एमाले)को स्थायी कमिटी बैठक बस्दै छ । बैठकमा विधान महाधिवेशनका लागि प्रस्तुत प्रतिवेदन र प्रस्तावमाथि आएका सुझावबारे छलफल हुने बताइएको छ ।
तीन दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनमा पेश गरिने तीन प्रस्तावमाथि समूहगत रुपमा छलफल भएको थियो ।
छलफलबाट धेरैको सुझाव उपाध्यक्ष ७ जना राख्नुपर्ने, पोलिटब्यूरो यथावत राख्नुपर्ने र केन्द्रीय सचिवालय आवश्यक नरहेको सुझाव दिएका थिए।
हिजो सकिएको केन्द्रीय कमिटी बैठकले उक्त सुझावलाई ग्रहण गर्दै स्थायी कमिटी बैठकबाट निर्णय गरेर टुंग्याउने निर्णय गरेको थियो ।







