असोज १, काठमाडौं ।
राजधानीको काठमाडौं महानगरपालिकामा हालसम्म कोरोना संक्रमणका कारण ५० जनाको मृत्यु भइसकेको छ । भदौ अन्तिमसम्म महानगरभित्र मृतकको संख्या यति पुगेको बताइएको छ ।
जिल्लामा ११ हजार दुई सय ३९ जना संक्रमित रहेकोमा महानगरभित्र ६ हजार २९ जना संक्रमित भेटिएका छन् । जसमा तीन हजार तीन सय ९७ जना सक्रिया संक्रमित छन् ।
महानगरका सबै वडामा संक्रमित भेटिइसकेका छन् । संक्रमितमध्ये आधा होम आइसोलेसनमा छन् भने आधा संस्थागत आइसोलेसनमा रहेको तथ्यांक छ ।







