मध्यान्ह मन्त्रीपरिषद् बैठक बस्दै

असोज १, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मध्यान्ह मन्त्रीपरिषद् बैठक बोलाएका छन् । बैठकमा सम्भवतः विभूषण प्राप्त गर्ने व्यक्तिहरूको नाम सिफारिश हुने बताइएको छ ।

सरकारले संविधान दिवसका दिन वितरण गर्ने विभिन्न पदक र विभूषणका बारे प्रस्ताव गर्ने र मानपदवीको निर्णय गर्ने तयारी रहेको प्रधानमन्त्री निकट स्रोतको भनाइ छ । मन्त्रीपरिषद्को सिफारिशमा राष्ट्रपतिले पदक घोषणा गर्ने प्रावधान छ ।

गत वर्ष सरकारले संविधान दिवसको दिन विभिन्न क्षेत्रका ६ सय ३४ जनालाई विभिन्न प्रकारका पदक दिने घोषणा गरेको थियो ।