पूर्वाग्रही साधेर बढुवा रोक्का भएका श्रेष्ठ सहायकरथीमा बढुवा सिफारिस

असोज, १२ काठमाडौं । तत्कालिन प्रधानसेनापति पूर्णचन्द्र थापाले पूर्वाग्रही साधेर बढुवा रोक्का भएका बावुराम श्रेष्ठ सहायकरथीमा बढुवा सिफारिस भएका छन् ।

सैनिक मुख्यालयले उनको नाम उपरथी बढुवाका लागी मन्त्रिपरिषदमा सिफारीस गरेको हो । श्रेष्ठ सेनाका २६ बेसिकका अधिकृत हुन ।

तत्कालिन प्रधानसेनापति थापाले श्रेष्ठ संलग्न हुंदै नभएको घटनामा पूर्वाग्रह सांधेर कार्वाही गरेको बताइन्छ । श्रेष्ठलाई २७ बाहिनीको बाहिनीपति हुंदा आफ्नो क्षेत्रका बासिन्दालाई ल्याएर भर्ना फारम भर्न लगाएको भन्दै नसियत दिइएको थियो।

तर, वर्तमान प्रधानसेनापति प्रभुराम शर्माले भने उनको बढुवा सिफारीस गरेका छन् । श्रेष्ठको व्याचका सहदेव खड्का, विनय राणा र सन्तोष ढकाल ३ जना उपरथी भइसकेका छन् । सेनामा श्रेष्ठमाथी अन्याय भएको चर्चा चलेको थियो । तत्कालिन प्रधानसेनापति थापाले पुर्वाग्रह सांधेर हचुवाको भरमा कार्वाही गर्दा धेरै अधिकृतहरु अन्यायमा परेका थिए ।

त्यस्तै मुख्यालयले सहायकरथी ईश्वरकान्त मैनालीको नाम पनि उपरथीमा बढुवाका लागी सिफारिस भएका छन् । मैनालीको उपत्यका कमाण्डमा सरुवा भर्खर आएका हुन् । उनलाई अवकासमा जानुअघि विशेष निर्णय गरेर सम्मानस्वरुप उपरथीमा बढुवा दिने निर्णय भएको हो ।

यसअघि नयां दिल्लीमा सैनिक सहचारी रहेका मैनालीको उपरथीमा विशेष बढुवा दिने निर्णय तत्कालिन प्रधानसेनापति थापाले रोकेका थिए ।

उनले आफ्ना सैनिक सचिव पदम बहादुर सिंहलाई भने उपरथीमा बढुवा गरेका थिए ।