धुर्मुस सुन्तली फाउन्डेसनलाई बागमती सरकारको तीन करोड

असोज १, काठमाडौं ।
बागमती प्रदेशले धुर्मुस सुन्तली फाउन्डेसनलाई रंगशाला निर्माणका लागि तीन करोड रूपैयाँ दिने निर्णय गरेको छ । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय रंगशालाका लागि सो सहयोग दिइएको हो ।

बुधबार बसेको प्रदेशको मन्त्रीपरिषद् बैठकले सशर्त अनुदानका रूपमा आर्थिक वर्ष २०७७÷७८ का लागि उक्त रकम दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता कैलाश ढुंगेलले जानकारी दिए ।

उक्त फाउन्डेसनले भरतपुर नगरपालिका वडा नं. १६ मा बन्न लागेको उक्त रंगशालाको लागत झन्डै तीन अर्ब पुग्ने अनुमान छ । दुई वर्ष अघि निर्माण थालिएको रंगशाला २० बिगहा ८ कठ्ठा क्षेत्रफलमा फैलिएको छ ।