फेसबुक छ घण्टा अबरुद्ध

असोज, १९ काठमाडौं । गएराति करिव ६ घण्टा फेसबुक अबरुद्ध भएको छ ।

सन् २००८ यताको सबैभन्दा खराब समस्या भोग्दै अन्तत ः फेसबुक फेरि लयमा फर्केको छ ।

फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप अहिले चल्न थालेको छ ।

छ घन्टा भन्दा बढी समयसम्मको अवरुद्दतापछि प्रयोगकर्ताहरु माझ फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप अनलाइन फर्किएको छ। केहि सेवाहरु अझै पनि पूर्ण रूपमा काम गरीरहेका छैनन् , केहि प्रयोगकर्ताहरुले अझै पनि इन्स्टाग्राममा नयाँ सामग्री पोस्ट गर्न समस्या भएको रिपोर्ट गरेका छन्।

सोमबार राति करिब सवा ९ बजेपछि फेसबुकसँगै ह्वाट्सएप, इन्स्टाग्राम र म्यासेञ्जरको सेवा एक्कासी अवरुद्ध भएको थियो ।

नेपाल सहित विभिन्न देशमा फेसबुक, म्यासेञ्जर, ह्वाट्सएप र इन्स्टाग्रामको सेवा पूर्णतः बन्द भएको थियो । डाउन डिटेक्टरमा गरिएको रिपोर्ट अनुसार नेपाल सहित एसिया, अमेरिका, युरोप लगायतका विभिन्न देशमा कम्पनीको सेवा अवरुद्ध भएको थियो । फेसबुकको सेवा अवरुद्ध भएको केही मिनेटमै हजारौले त्यसको रिपोर्ट डाउन डिटेक्टरमा गरेका थिए।

फेसबुकका प्रमुख टेक्नोलोजी अफिसर माइक श्रोफरले एक विज्ञप्ति जारी गर्दै माफी मागेका छन्।

सन् २०१९ मा पनि लगभग एक घण्टा सम्म फेसबुकको सेवाअवरुद्ध भएको थियो । फेसबुकले त्यतिबेला सर्भर कन्फिगरेसन परिवर्तनलाई दोषी ठहराएको थियो । यस पटक, समस्याको कारण अस्पष्ट रह्यो। ‘यो कुनै साइबर हमला या ह्याक एट्याक भने होइन किनकि ह्याकले सामान्यतया एकै पटकमा धेरै एपसलाई असर गर्दैन’ फेसबुकको सुरक्षा टोलीका दुई सदस्यहरुले नाम नखुलाउने शर्तमा न्युयोर्क टाइम्सलाई बताएका छन्। । सुरक्षा विशेषज्ञहरुका अनुसार यो समस्या फेसबुकको सर्भर कम्प्युटरको कारणले उत्पन्न भएको हो।

त्यस्तै सिस्कोको स्वामित्वमा रहेको नेटवर्क निगरानी सेवा थाउजेन्ड आइजका अनुसार यो समस्या डिएन्एस् विफलताको परिणाम हो।

यद्यपि फेसबुकले के समस्या भएको थियो भन्ने खुलाएको छैन।