नेपाल भेटेरिनरी विद्यार्थी एशोसियसन चितवनको नयाँ कार्यसमिति चयन

असोज, १९ चितवन । भरतपुर नेपाल भेटेरिनरी विद्यार्थी एशोसियसन, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको अध्यक्षमा उत्सव ढकालको नेतृत्वमा २२ औं कार्यसमिति चयन भएको छ ।

उक्त समितिको वरिष्ठ उपाध्यक्ष कमल बस्याल, उपाध्यक्ष रश्मि ठाकुर, सचिव निशान दाहाल, कोषाध्यक्ष प्रदीप भण्डारी, सह सचिव उमेश शाह र सह कोषाध्यक्ष अनुप पाण्डे चयन भएकाछन् । नव गठित १३ सदस्यिय कार्यसमितका सदस्यहरुमा अम्बिका अधिकारी, प्रविन पुरी, प्रज्वल पोख्रेल,पदम बोहोरा, कपिल शर्मा लामिछाने र आशिष पन्थ रहेकाछन् ।

२१ औं कमिटिका अध्यक्ष भावना देवकोटाको अध्यक्षतामा सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व आएको हो ।