दुई तीन दिन अस्पतालको आइसोलेसनमा बसेर डिस्चार्ज हुन्छु : महामन्त्री डा. कोइराला

१ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफ्नो स्वास्थ्य सामान्य रहेको बताएका छन् ।

कोइरालाले सामाजिक सञ्जाल ट्वीटरमा भिडियो सन्देश जारी गर्दै आफू दुई तीन दिन अस्पतालको आइसोलेसनमा बसेर डिस्चार्ज हुने बताएका छन् ।

उनले कोरोना भाइरस संक्रमणले प्रभावित भएसँग ओम अस्पतालको आइसोलेसनमा रहेको र आफ्नो स्वास्थ समान्य भएकाले चिन्ता नलिन नेता कार्यकर्ता र शुभचिन्तकसँग अपिल गरेका छन् ।

उनले भनेका छन् ‘म कोभिड १९ बाट प्रभावित भएको व्यक्ति ओमको आइसोलेसनमा छु तपाईहरुले चिन्ता गर्नु पर्दैन अझै दुई तिन दिन बसेर डिस्चार्ज हुन्छु,’ डा कोइरालाले भनेका छन् ।

कोभिड संक्रमणपछि घरमै आइसोलेसनमा रहेका डा कोइरालालाई ज्वरो आएपछि मंगलबार राति ओम अस्पतालकाृ आइसोलेसनमा भर्ना गरिएको थियो ।