असोज, २२ काठमाडौं । २९ असारमा सरकारको नेतृत्व लिएका प्रधानमन्त्री शेरबहादुर दउवाले आज मन्त्री मण्डल विस्तार गर्ने तयारीमा छन् ।
सरकार बनेको करिब तीन महिनापछि आज मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको हो ।
२५ सदस्यीय मन्त्रिमण्डलमा प्रधानमन्त्री देउवाले पाँच जनाको भरमा तीन महिना मुलुक हाँकेका थिए । शुक्रबार मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी भइरहेको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
बिहीबार बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा भएको सहमति अनुसार आज मन्त्रिपरिषदलाई पूर्णता दिन लागिएको भानुको भनाइ छ ।







