१० हजार स्थानमा वर्डलिंकको निशुःल्क वाइफाई

१ असोज, काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले १० हजार सार्वजनिक स्थलमा निशुल्क वाइफाई उपलब्ध गराएको जनाएको छ ।

कम्पनीका निर्देशक विजय जलानका अनुसार सार्वजनिक ठाउँहरुमा ग्राहकहरुले दिनमा ९० मिनेटदेखि २ घण्टासम्म यस्तो निशुःल्क इन्टरनेट उपलब्ध गराइएको छ ।

देशको सबैभन्दा ठूलो कम्पनी वर्ल्डलिंकले सार्वजनिक ठाउँ बाहेक अन्य कल्याणकारी संस्थाहरुलाई पनि निशुस्ल्क इन्टरनेट उपलब्ध गराइएको उनले जानकारी दिए।

महावीर पुनको वायरलेस परियोजना, मानवसेवा आश्रमका आश्रम घरहरुमा पनि निशुस्ल्क इन्टरनेट दिइएको उनले बताए।

४ लाख बढी कनेक्सन वितरण गरिसकेको कम्पनीका २० लाख बढी प्रयोगकर्ता रहेका छन्।