अमेरिकाले १ लाख ६२० डोज फाइजर खोप अनुदानमा दिने

कात्तिक, ७ काठमाडौं । अमेरिकाले नेपाललाई १ लाख बढी फाइजर खोप नेपाललाई अनुदानमा दिने भएको छ ।

अमेरिकी दुतावासका अनुसार कोरोना महामारीबिरुद्धको १ लाख ६२० डोज फाइजर खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको छ ।

खोप सम्भवत भोलि काठमाडौ आइपुग्नेछ । अमेरिकाले यसअघि पनि जुलाइमा १५ लाख जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराएको थियो ।