कात्तिक, ८ पाँचथर । शिवा खोलाबाट फिदिम तर्फ आउँदै गरेको बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ । घाइते ५४ मध्ये २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । फिदिमदेखि झापाको दमक चल्ने बस सिवाखोलालाबाट यात्रु लिएर झापा जाने क्रममा फिदिम ४ स्थित मध्य पहाडी लोकमार्गको सरखण्डेमा आज बिहान ११ वजे दुर्घट्ना भएको थियो ।
को १ ख ३८६५ नम्बर बस दुर्घटनामा १० जना भन्दा बढी गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।







