‘समय खेर फाल्नुभन्दा निर्वाचनमा जानु राम्रो’

कात्तिक, ९ काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समय खेर फाल्नुभन्दा निर्वाचनमा जानु राम्रो भएको बताएका छन् । प्रेस चौतारी मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उनले अदालत लोकतन्त्रको स्तम्भ भएको हुँदा यो निष्पक्ष, स्वतन्त्र र शक्ति पृथीकरणको सिद्धान्तमा चल्नुपर्छ भने ।