मुख्यमन्त्री शाक्यद्वारा राजीनामा

कात्तिक, १० काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छिन् ।

उनले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम राजीनामा दिएकी हुन् । उनले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष आज राजीनामा पेश गर्नुभएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।

यसअघि मुख्यमन्त्री शाक्यले प्रदेशसभाको बैठकमा आजै राजीनामा दिने घोषणा गरेकी थिइन् ।