एमालेको स्थायी समिति बैठक बस्दै

कात्तिक, ११ काठमाडौं । नेकपा (एमाले)को स्थायी समिति बैठक आज बस्दैछ । च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा अपराह्न ४ बजे बैठक सुरु हुने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार आजको बैठक राष्ट्रिय महाधिवेशन तयारीमै केन्द्रित रहनेछ ।