बाग्मती प्रदेशमा राजेन्द्र पाण्डे मुख्यमन्त्री नियुक्त हुँदै

कात्तिक, ११ काठमाडौं । बुधवार मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजिनामा दिएसँगै बागमती प्रदेशमा आज नेकपा(एकीकृत समाजवादी) पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री नियुक्त हुदैछन् ।

नेकपा(माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा(एकीकृत समाजवादी) र जसपाको गठबन्धनको तर्फबाट पाण्डे मुख्यमन्त्री नियुक्त हुन लागेका हुन् ।

पाण्डेले प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।