भारतीय अभिनेता जोन इब्राइमद्वारा जनावरका लागी जीप दान

१ असोज, काठमाडौं । भारतीय अभिनेता जोन इब्राइमले जनावरका लागि काम गर्ने एनिमल म्याटर्स् टु मी (एमटिएम) संस्थाका लागि आफ्नो मनपर्दो जीप दान गरेका छन् ।

उनले उक्त संस्थालाई मारुती सुजुकी जिप्सी प्रदान गरेको उल्लेख गर्दै संस्थाले आफ्नो पेजमा धन्यवाद ब्यक्त गरेको छ ।

विपद्मा परेका जनवारहरुको उद्दार र उपचारका लागि औषधी बोक्न प्रयोग गर्ने संस्थाले जनाएको छ ।