कात्तिक, १३ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसदको दुवै सदनको चालू अधिवेशन शुक्रबार राति १२ बजदेखि अन्त्य गरेकी छिन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को यही कात्तिक ११ गतेको सिफारिस अनुसार आज चालु अधिवेशन अन्त्य गरेका हुन ।
यही कातिक २९ गते सोमबारका लागि तोकिएको प्रतिनिधिसभाको बैठक र गत असोज २५ गते बसेको राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो । आज रातिबाट दुवै सदन अन्त्य भएको छ ।
संसद अधिवेशन अन्त्य







