काठमाडौं, १३कार्तिक । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई एकीकृत प्रवेश परीक्षा उतीर्ण गरी अध्ययन अनुमति लिएर मात्र जान चिकित्सा शिक्षा आयोगले आग्रह गरेको छ ।
स्वास्थ्य सम्बन्धी विषयगत परिषद्मा दर्ता हुने विषय अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई आयोगले सो आग्रह गरेको हो ।
अनुमतिपत्र नलिई अध्ययन गर्न गएमा आफू जिम्मेवार नहुने प्रष्ट आयोगले स्पष्ट पारेको छ ।
आयोगले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १६ मा भएको व्यवस्था कार्यान्वयनका लागि ‘चिकित्सा शिक्षा विषयमा स्नातक तह, स्नातकोत्तर तह, फेलोसिप कार्यक्रम तथा उच्चस्तरीय तालिमका लागि वैदेशिक अध्ययन अध्ययन अनुमतिपत्रसम्बन्धी निर्देशिका, २०७७’ अनुसार काम भइरहेको पनि आयोगले जनाएको छ ।







