एमाले फाकफोकथुम-१ मा बेग बहादुर निरौलाको अध्यक्षतामा २७ सदस्यीय कमिटी गठन

कात्तिक, १४ इलामा । इलामको फाकफोकथुम गाउँपालिकामा नेकपा (एमाले)को वडा नम्बर १ को प्रथम वडा अधिबेसनले बेग बहादुर निरौलाको अध्यक्षतामा २७ सदस्यीय वडा कमिटी चयन गरेको छ ।

शनिवार सम्पन्न अधिवेसनबाट उपाध्यक्षमा देबेन्द्र मगर , सचीव बेद प्रसाद नेम्बाङ , उप–सचीवमा हर्कमाया तामाङ र देबेन्द्र निरौलासहित २७ सदस्यीय कमिटी गठन भएको हो ।

अधिवेसन संविद्यान सभा सदस्य तथा एमालेका केन्द्रीय सदस्य अइन्द्रसुन्दर नेम्बाङको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो । अधिवेशनमा जिल्ला कमिटी इलामका सचिवालय सदस्य प्रेम लिम्बू, इलाम जिल्ला परिषद सदस्य उमादेबी भण्डारी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।