मल पैंचो ल्याउन कृषि मन्त्रालयलाई स्वीकृति

असोज २, काठमाडौं ।
मन्त्रीपरिषद् बैठकले बंगलादेशबाट मल ल्याउन स्वीकृति दिएको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले ५० मेट्रिक टन युरिया मल ल्याउन दिने औपचारिक निर्णय गरेको कृषि मन्त्रालयका एक कर्मचारीले जानकारी दिए ।

सरकारको यो निर्णयपछि दुई महिनाभित्रमा मल ल्याइने बताइएको छ । मन्त्रीपरिषद्ले सहमति दिएपछि फास्ट ट्र्याक टेन्डर प्रक्रिया अपनाइने मन्त्रालयको भनाइ छ ।

खुला प्रतिस्पर्धाबाटै मल ल्याइने भए तापनि सडक वा हवाइ सेवामार्फत नेपाल ल्याइने हो, सो कुराको टुंगो लागिसकेको छैन । मन्त्रालय स्रोतका अनुसार यसरी पैंचो मागेको मल नेपालले आठ महिनाभित्र ग्लोबल टेन्डर गरी फेरि बंगलादेशलाई फिर्ता गर्नेछ ।