काठमाडौं । पछिल्लो विवरण अनुसार वितेका २४ घण्टाम थप ३५१ जनामा कोरोना भाइरस पुष्टि भएको छ । देशभर १० हजार १ सय ७४ जनाको परीक्षण गर्दा सो परिणाममा संक्रमितहरु थपिएका हुन् ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर थप २ सय ७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ८ सय ९० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण ९ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल देशभर सक्रिय संक्रमित संख्या ७ हजार ३ सय जना रहेका छन् ।







