असोज ३, काठमाडौं ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले संविधानमा पाँच वटा विषय संशोधन हुनुपर्ने बताएका छन् । संविधान दिवसकै दिन शनिबार ट्विटरमार्फत उनले यी विषय संशोधनबाट सुधार हुनुपर्ने धारणा राखेका छन् ।
पहिलो कुरा उनले नागरिकताका विषयमा समानताको कुरा उठाएका छन् । पुरूषलाई जस्तै महिलालाई पनि नागरिकताको अधिकार दिइनुपर्ने उनले बताएका छन् ।
पहिचान र सामथ्र्यका आधारमा राज्यको पुनर्संरचना हुनुपर्ने उनको धारणा छ । प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसदको व्यवस्था हुनुपर्ने उनको माग छ ।
यसैगरी भ्रष्टाचार रोक्नका लागि समेत संविधान नै संशोधन गर्नुपर्ने उनको विचार छ । यसका लागि जनलोकपालको व्यवस्था गर्नुपर्ने र अदालतको पुनर्संचना हुनुपर्ने उनको धारणा छ ।







