संवेदनशील समयमा आफ्नो पक्षमा प्रदर्शन नगर्न कुलमानको आग्रह

असोज ३, काठमाडौं ।
कोरोना संक्रमण बढ्दो अवस्थामा रहेकोले आफ्नो पक्षमा प्रदर्शन नगर्न कुलमान घिसिङले आग्रह गरेका छन् । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक घिसिङको पुनर्नियुक्तिको माग गर्दै देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन् ।

उनले देशका विभिन्न स्थानमा भइरहेको प्रदर्शनप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । एक विज्ञप्ती जारी गर्दै उनले महामारीको यस्तो संवेदनशील समयमा प्रदर्शन नगर्न आग्रह गरेका हुन् ।