प्रधानमन्त्री देउवा १ बजे चितवन जाने

मंसिर, १० काठमाडौं । नेकपा (एमाले)को दश औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा आज चितवन जादैछन् ।

आजबाट सुरु हुन लागेको महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन प्रधानमन्त्री देउवा दिउँसो १ बजे त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

सो बारेमा जानकारी दिँदै प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले भने, ‘एमाले महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री १ बजे चितवन प्रस्थान गर्ने कार्यक्रम रहेको छ । ’

मंसिर १२ गतेसम्म चल्ने महाधिवेशनका लागि नेपालका प्रमुख राजनीतिक दल साथै विदेश राष्ट्रहरुबाट समेत नेताहरुको उपस्थिती हुने एमालेले जनाएको छ ।