जेल बसेको स्मरण गर्दै प्रधानमन्त्री देउवाले भने- ओलीजी र म ‘जेलमेट’ हो

मंसिर, १० चितवन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र आफू ‘जेलमेट’ भएको बताएका छन् ।

केपी ओलीजीलगायत धेरै वामपन्थी साथीहरू र हामी सँगै जेलमा थियौं । हामी जेलमेट पनि हौं । हामीले सँगै दुःख भोगेका हौं । हिजोका दिनमा हामीले भोगेका दुःख सम्झेर भोलिका दिनमा कुनै नेपालीले दुःख नपाउन् भन्नेमा हामी केन्द्रित हुनुपर्छ’, देउवाले भने ।

चितवनको नारायणी किनारमा सुरू भएको एमालेको दशौं महाधिवेशनको उद्घाटन सत्रलाई शुभकामना दिँदै देउवाले लोकतन्त्र स्थापनाका लागि ओलीसहित धेरै वामपन्थी नेताहरूसँगै आफू पनि जेल बसेको स्मरण गरेका हुन् ।