असोज ३, काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अनशनरत डाक्टर गोविन्द केसीसँग वार्ता गर्न सरकारलाई आग्रह गरेको छ । शनिबार कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ती जारी गर्दै वार्ताका लागि आग्रह गरेका हुन् ।
जुम्लामा केसीले भदौ २९ बाट अनशन थालेका हुन् । तर सरकारको ध्यान नपुग्नुलाई उक्त दलले गम्भीरतापूर्वक लिएको बताएको छ । एक साता पुग्न लाग्दा समेत सरकारले वार्ताको पहल नगर्नु गलत रहेको उक्त दलको धारणा छ ।
शर्माद्वारा जारी विज्ञप्तीमा केसीका जायज माग पुरा गर्न आग्रह गरिएको छ । तत्काल उनका जायज माग पुरा गर्न प्रदेश र संघीय सरकारलाई भनिएको छ ।







