नेता कोइराला डिस्चार्ज

असोज ३, काठमाडौं ।
कांग्रेस महामन्त्री सशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमणले स्वास्थ्यावस्था जटिल बनेपछि अस्पताल भर्ना भएका उनी शनिबार डिस्चार्ज भएका हुन् ।

चिकित्सकका अनुसार उनी अझै केही दिन आइसोलेसनमा बस्नुपर्नेछ । संक्रमणका कारण स्थिति जटिल बनेपछि मंगलबार उनी चावहिलस्थित ओम अस्पताल भर्ना भएका थिए ।