असोज ३, काठमाडौं ।
पुननिर्माण थालिएको पाँच वर्षपछि अन्ततः रानपोखरीमा पानी भरिएको छ । विभिन्न विवादकाबीच रानीपोखरी पुननिर्माण सम्पन्न हुने अन्तिम चरणमा पुगेको छ ।
खानेपानी मन्त्रालयको सहयोगमा राष्ट्रिय पुननिर्माण प्राधिकरणले रानीपोखरीमा पानी भरेको हो । दुई दिन लगाएर पानी भरिएको हो । यस अघि डीप बोरिङबाट पानी हाल्न खोज्दा सम्पदा अभियन्ताले विरोध गरेका थिए ।
१ सय ८० मिटर लम्बाइ र १ सय ४० मिटर चौडाइको पोखरीको गहिराइ ९ मिटर छ । मन्त्रालयका अनुसार पोखरीमा ती करोड लिटर पानी भरिएको हो ।
बागमतीको पानी सुन्दरीजलबाट चावहिल हुँदै महाँकाल रिंगरोड हुँदै पानीपोखरीमा भरिएको थियो । यसका लागि मेलम्ची खानेपानी आयोजनाको थोक वितरण पाइपलाइन प्रयोग भएको बताइएको छ ।
पुननिर्माण प्राधिकरणले अगामी तिहारदेखि रानीपोखरी र त्यहाँको बालगोपालेश्वर मन्दिर सञ्चालमा आउनेछन् ।







