मंसिर, १४ चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली सर्वाधिक मतका साथ विजयी भएका छन् । उनले एक हजार ८३७ मत प्राप्त गरे भने उनका प्रत्याशी डा भीमबहादुर रावलले २२३ मत प्राप्त गरेका छन् ।
यसैगरी उपाध्यक्ष पदमा अष्टलक्ष्मी शाक्यले एक हजार ९७६, सुरेन्द्रप्रसाद पाण्डेले एक हजार ९२५, सुवासचन्द्र नेम्वाङले एक हजार ८६५, विष्णु पौडेलले एक हजार ८५६, युवराज ज्ञावलीले एक हजार ८४२ र रामबहादुर थापाले एक हजार ७६८ मत ल्याई विजयी भए । उपाध्यक्षका प्रत्याशी घनश्याम भुसालले भने ७२५ मत मात्र प्राप्त गरे ।
सचिव पदमा गोकर्ण विष्टले एक हजार ९७४, योगेश भट्टराईले एक हजार ९६०, पद्माकुमारी अर्यालले एक हजार ७९९, छविलाल विश्वकर्माले एक हजार ८०३, लेखराज भट्टले एक हजार ७०४, टोपबहादुर रायमाझीले एक हजार ८०४ र रघुविर महासेठले एक हजार ५०० मत ल्याई विजयी भएका छन् । सो पदका प्रत्यासी भीमप्रसाद आचार्यले ७८८ र टङ्कप्रसाद कार्कीले ५५९ मत प्राप्त गरे ।
यसअघि नै वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेल र उपमहासचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदिप ज्ञावली तथा विष्णु रिमाल निर्विरोध निर्वाचित भए ।
सदस्यमा प्रदेश नं १ बाट खुल्लामा किशोरकुमार अधिकारी, टङ्क आङ्वुहाङ (लिम्बु), तिलकुमार मेन्याङ्वो लिम्बु, परसुराम अधिकारी, वसन्तकुमार नेम्वाङ र राजेन्द्रकुमार राई विजयी भए । प्रदेश नं १ को महिलातर्फ केन्द्रीय सदस्यमा उषाकला राई, मञ्जु भण्डारी र मेनुका काफ्ले विजयी भए ।
सुदूरपश्चिम प्रदेश महिला सदस्यमा कमलाकुमारी ओली, कुमारी कमला बोहोरा र सन्तोष शर्मा थापा विजयी भए । यस्तै दलित खुल्ला सदस्यमा ईश्वरी रिजाल, गोविन्दबहादुर नेपाली, जङ्गबहादुर नेपाली, जीतु गौतम, पुरनसिंह दयाल, बोमबहादुर विश्वकर्मा, रामदयाल मण्डल र रामप्रित राम विजयी भए ।
थारु खुल्ला सदस्यमा गौरीशङ्कर थारु चौधरी, कृपाराम राना थारु, बलवीरप्रसाद चौधरी, बैजनाथ चौधरी र जयप्रकाश थारु विजयी भए । यस्तै पिछडिएको क्षेत्रबाट सदस्यमा भैरवसुन्दर श्रेष्ठ, मोहन बानियाँ र लालबहादुर थापा विजयी भए ।
खुल्ला केन्द्रीय सदस्यमा अग्निप्रसाद खरेल, अच्युतप्रसाद मैनाली, अरुण नेपाल, कमलप्रसाद चौलागाईं, कपिलदेव पोखरेल, कर्णबहादुर थापा, काशीनाथ अधिकारी, किरण गुरुङ, किरण पौडेल, किशोरबिक्रम मल्ल, कुमार दसौदी, कृष्णगोपाल श्रेष्ठ, कृष्णप्रसाद दाहाल, कृष्णप्रसाद पौडेल, कृष्णबहादुर थापा, खगराज अधिकारी, खड्कबहादुर खड्का, खिमलाल भट्टराई र गणेशकुमार पहाडी विजयी भए ।
यस्तै खुल्लातर्फ नै गणेशसिंह ठगुन्ना, गिर्धारीलाल न्यौपाने, गुरुप्रसाद बराल, गोकुलप्रसाद बास्कोटा, गोरखबहादुर बोगटी, गोविन्द थापा, घनश्याम पाण्डे, घनश्याम भुसाल, चन्द्रबहादुर खड्का, चेतनारायण आचार्य, जगन्नाथ थपलिया, जीवन घिमिरे, झपटबहादुर रावल, टङ्कप्रसाद कार्की, ठाकुरप्रसाद गैरे, डा राजन भट्टराई, दधिराम न्यौपाने, दयालबहादुर शाही, दल रावल, दिवाकर देवकोटा, देवराज घिमिरे, देवीप्रसाद ज्ञवाली, देवेन्द्र दाहाल, नरबहादुर धामी, नवराज रावत, नारायणबहादुर सिलवाल, निर्मल भट्टराई, पठानसिंह बोहरा र पर्शुराम मेघी गुरुङ विजयी भए ।
त्यस्तै सदस्यमै पार्वत गुरुङ, पुरुषोत्तम पौडेल, प्रकाशबहादुर साह, बलराम अधिकारी, बालकृष्ण ढुङ्गेल, भानुभक्त ढकाल, भिमप्रसाद आचार्य, भीमबहादुर कार्की, भीमबहादुर रावल, मणिचन्द्र थापा, मनोजगङ्ग थापा, महेश बस्नेत, माधवप्रसाद अर्याल, यज्ञराज सुनुवार, यामलाल कँडेल र रघुजी पन्त विजयी भए जनाइएको छ ।
साथै रवीन कोइराला, रविन्द्र अधिकारी, राजबहादुर बुढा क्षेत्री, राजीव पहाडी, राजेन्द्रप्रसाद गौतम, राम राना, रामशरण बस्नेत, रामेश्वर फुँयाल, रोमनाथ ओली, लक्ष्मणराज ज्ञवाली, लक्ष्मी पोखरेल, विनोदप्रसाद ढकाल, शिवराज सुवेदी, शेरबहादुर तामाङ, शेरधन राई, श्रीप्रसाद जवेगु, सञ्जीवकुमार झा, सूर्य ढकाल, सूर्य थापा, सोम मिश्र र हिक्मतकुमार कार्की सदस्यमा विजयी भए ।
निर्वाचनमा दुई हजार १५३ मतमध्ये २०९६ मत खसेको थियो । यही मङ्सिर १० गते नारायणी नदी किनारमा सुरु भएको उद्घाटनको बन्द सत्र सौराहामा भएको थियो । निर्विरोध गर्ने प्रयास सफल हुन नसकेपछि आज बिहान ४ बजेदेखि विद्युतीय उपकरणमार्फत मतदान गरिएको हो । अन्य धेरै क्षेत्रका पदमा भने निर्विरोध भएको थियो ।







