रमेश गुरुङ
मंसिर, १७ पाँचथर । तेस्रो फिदिम नगर कप फुटवल प्रतियोगिा यहि मंसिर २८ गते हुने भएको छ । आज स्वतन्त्र क्लब पाँचथरले पत्रकार सम्मलेलन मार्फत प्रतियोगितको विषयमा जानकारी दिएको हो । मंसिर २८ गते देखि पौष ३ गते सम्म चल्ने प्रतियोगितमा भारतका १ सहित नेपालका ७ गरि ८ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।
रानिटार स्थित बराजु खेल मैदान आयोजना हुने प्रतियोगितामा भारतको पाण्डा स्पोटिङ क्लब सिक्किम, चर्च ब्वाईज क्लब काठमाडौं, कर्ण सिंह सोनाम मेमोरियल फुटबल क्लब ताप्लेजुङ, योङ ब्वाईज फुटबल क्लब इलाम, अल इन वान सैनिक क्लब झापा, रेड स्टार फुटबल क्लब विर्तामोड छन् । त्यस्तै पाँचथरका दुई टिम पाँचथर क्लब पाँचथर र आयोजक स्वतन्त्र क्लबको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष बल बहादुर गुरुङले जानकारी दिए ।
प्रतियोगिताको विजेता टिमले नगद एक लाख ५० हजार रुपैयाँ र उपविजेता हुने टिमले ८० हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् । खेलमा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरलाई नगद सहित ट्रफि प्रदान गरिने छ । प्रत्येक खेलमा उत्कृष्ट खेलाडी घोषणा गरि पुरस्कार प्रदान गरिने पनि आयोजकले जनाएको छ ।
बराजु खेलमैदान रानीटारमा हरेक दिन दिउसो २ बजे १ खेल हुने आयोजकले जनाएको छ । पौष १ र २ गते भने २ खेल हुनेछ । फाइनल खेल पौष ३ गते हुनेछ । खेलको प्रत्यक्ष प्रसारण गोल नेपाल डटकम बाट हेर्न सकिनेछ । प्रतियोगिताको सह–आयोजक रानीटार युनाईटेड क्लब र प्रवर्दक फिदिम नगरपालिका रहेको छ ।







