हार स्वीकार गर्दै कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि आरोप लगाए

मंसिर, १९ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा आफुले हारेको निवर्तमान अध्यक्ष कमल थापाले स्विकार गरेका छन् । शनिवार सम्पन्न भएको मतदानपछि मतगणना हुँदा थापाले हारेका हुन् ।

अध्यक्षमा थापा र राजेन्द्र लिङ्देनबीच कडा प्रतिस्पर्धा भएको थियो ।

सुरुदेखि नै अग्रता बनाएका लिङ्देनले जितेका हुन् ।

थापाले फेसबुकमा एक पोस्ट लेख्दै हार स्वीकार गरेका छन् । तर उनले हारका लागि पूर्वराजा ज्ञानेन्द्र शाहमाथि आरोप लगाएका छन् । उनले निर्मल निवासको नांगो हस्तक्षेप भएको भन्दै भत्सर्ना गरेका छन् ।