मंसिर, २० काठमाडौं । नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भेटिएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्दे नयाँ भेरियन्टको पुष्टि भएको जनाएको छ ।
मन्त्रालयले दुईजनामा भाइरसको नयाँ भेरिएन्ट पुष्टि भएको जनाएको हो ।
६६ वर्षीय विदेशी नागरिकको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट देखिएको मन्त्रालयले जनाएको छ । उनीहरुको स्वास्थ्य सामान्य रहेको मन्त्रालयले जनाएको छ।







