महामन्त्रीमा उम्मेदवारी दिने नेता थापाको घोषणा

मंसिर, २३ काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा आज आयोजित कार्यक्रममा उनले १४ औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा गरे ।

महामन्त्रीको उम्मेदवारी घोषणा गर्दै उनले ‘समुन्नत नेपाल–सम्मानित नेपाली’ को अवधारणा पत्र सार्वजनिक गरे । उनले पार्टी पुनःजागरण र रुपान्तरणका लागि आफ्नो उम्मेदवारी घोषणा भएको बताए ।