काठमाडौं । महानगरीय प्रहरी परिसर सातदोबाटोका प्रहरी निरीक्षक नरेश शाहीले विद्यार्थीलाई ट्राफिक नियमका बारेमा जानकारुी गराएका छन् ।
स्वर्णिम सहारा र महानगरीय ट्राफिक प्रहरी परिसरको संयुक्त आयोजनामा प्रभात मावि त्यागल, ललितपुरमा शाहीले प्रशिक्षण दिएका हुन् ।
विद्यार्थीलाई ट्राफिक सम्बन्धि जानकारी गराए पश्चात ट्राफिक नियम सम्बन्धि प्रश्न सोधिएको थियो । सहि जवाफ दिने विद्यार्थीलाई पुरस्कृतसमेत गरिएको शाहीले बताएका छन् ।







