कांग्रेस महाधिवेशनः उम्मेदवारबाट उम्मेदवारमाथी ब्ल्याकमेलिङ

मंसिर, २७ काठमाडौं । सभापति शेरबहादुर टिममा रहेर काम गर्दै आएका सुरेन्द्र महत्तो महाधिवेशनमा देउवाको प्यानलमा परेनन् । तरपनि उनले सहमहामन्त्रीमा उम्मेदवारी दर्ता गराए । त्यसपछि महतोलाई देउवाका नजिकका नेताहरुबाट धमाधम फोन गयो । महत्तो निकट एक नेता भन्छन् ‘टिम छोडेर हिँद्दा त्यसले भविष्यमा असर पर्न सक्ने भन्दै फोन आयो । ठिकै हो भन्ने लागेर सुरेन्द्र दाइले उम्मेदवारी फिर्ता लिनुभयो ।’

यहि आशय उम्मेदवारी फिर्ता लिएपछि महतोले पनि व्यक्त गरे । ‘म जुन समूहमा रहेर काम गरिरहेको थिएँ । त्यो समूहको विरुद्धमा फेरि अर्कै किसिमको पोलिटिकल प्रेसरमा जानुपर्ने हुन्छ त्यसकारणले मैले उम्मेदवारी फिर्तौ लिएँ ।’

तर, त्यो प्रेसर के हो र कस्तो हुन्छ भनेर कसले भन्यो ? भन्ने विषयमा महत्तो खुलेनन् । ‘त्यो प्यानल (शेरबहादुर देउवाको प्यानल)मा परिन । प्यानलमा नाम नपरेको हुनाले उम्मेदवारी दिएँ । तर, विद्रोह किन गर्ने भनेर फिर्ता लिएँ’ उनी थप्छन्, ‘अब मेरो समर्थन शेरबहादुर देउवालाई रहन्छ ।’

महतोलाई जस्तै देउवाको टिममा रहँदै आएका तर, प्यानल बाहिरबाट उम्मेदवारी दिएका अन्य केन्द्रीय सदस्यहरुलाई पनि फोन गएको थियो । एक थिए खुला तर्फका केन्द्रीय सदस्यका उम्मेदवार डा। दामोदर भुसाल । उनले पनि उम्मेदवारी फिर्ता लिए ।

आफु ४६ बर्ष भएको र १६ बर्षको उमेरदेखि कांग्रेसमा राजनीति गरेको बताउने भण्डारी उम्मेदवारी फिर्ता गर्नुको कारणबारे भन्छन्, ‘।।।दृष्य भन्दा अदृष्य शक्तिको प्रभाव ज्यादा बढेर आयो । देखिने एउटा गर्ने अर्को स्वभावका कारण कांग्रेसका थुप्रै कार्यकर्ताहरुमा कन्फ्युज भएको र चरम ग्रुपिजमले कतै राजनीति धेरै फोहोर हुने हो कि भन्ने अनुभति गरेँ ।’

तथापि, युवा नेताहरुमा बिचलन देखिएको र ग्रुपभन्दा बाहिर रहेर चुनाव जितिन्छ भन्ने विश्वास हराएर गएका कारणले आफुले उम्मेदवारी फिर्ता लिएको उनको प्रष्टीकरण थियो । ‘एक दिन ग्रुपिजम नदेख्ने एक दिन पछाडि देखेँ भन्नु आफैँमा मेल खाने कुरा हो र रु’ भन्ने प्रश्नमा उनी भन्छन्, ‘साथीहरुबाट ग्रुपभन्दा बाहिरबाट जितिन्न कि भन्ने आयो । जीतलाइ मात्रै केन्द्रमा राखिराखेको बेलामा निराशा नपरोस भन्नका खातिर यो पटक मैले आफुलाई ब्याक गरेको हुँ ।’

केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५८ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । जसमा देउवा समुहमा काम गर्दै आएका र प्यानलमा नपरेपछि उम्मेदवारी दिएकाहरु धेरै रहेको नेताहरु बताउँछन् । स्रोतका अनुसार नेता रमेश रिजाल लगायतका नेताहरु उम्मेदवारी फिर्ता गराउने प्रयासमा खटिएका थिए । सहमतिको प्रयासका लागि समय दिइएको र त्यस समयमा उम्मेदवारी फिर्ताको लागि पहल हुनुलाई अन्यथा लिन नसकिए पनि देउवा नजिकका नेताहरुले ‘हार्ने चुनाव किन लड्ने रु कांग्रेसमा राजनीति अब पनि गर्ने कि अहिले नै सकाउने रु जस्ता शब्द प्रयोग गर्दै प्यानलमा नपरेकाहरुलाई फिर्ता लिन ब्ल्याकमेलिङ गरेका छन् ।