असोज ४, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टिको बैठक पूर्वमाओवादी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । यस अघि प्रधानमन्त्री निवास बालुवाटा र पूर्व एमाले कार्यालय धुम्बाराहीमा बस्दै आएको बैठक आइतबार साढे ११ बजेबाट पेरिसडाँडामा बसेको छ ।
प्रधानमन्त्री तथा उक्त दलका अर्का अध्यक्ष केपी शर्मा ओली आउन ढिला भएपछि बैठक पनि केही ढिला भएको थियो । बैठकमा विभिन्न महत्वपूर्ण मुद्दामा छलफल हुने बताइएको छ ।
मन्त्रीमण्डल पुनर्गठनदेखि नेकपाको एकीकरणका बाँकी काम सम्बन्धमा छलफल हुने एजेन्डा रहेको उक्त दलका नेताहरूले बताएका छन् । यसका साथै रिक्त संवैधानिक पदमा नियुक्तिका विषयले समेत बैठकमा प्रवेश पाउनेछ ।






