असोज ४, काठमाडौं ।
प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई आफ्नो श्रीमान दाबी गर्दै आएकी बालिका खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई पक्राउ गरी प्रहरी प्रभाग कोटेश्वरमा राखिएको प्रहरीले जनाएको छ ।
उनले नेपाल कम्युनिस्ट पार्टिको सचिवालय बैठकस्थल छिर्ने प्रयास गरेकी थिइन् । ‘नेताहरूलाई भेट्नुपर्ने’ भन्दै बैठक स्थल प्रवेश गर्न खोजेपछि उनलाई पक्राउ गरिएको हो ।
दोलखाकी नेकपा कार्यकर्ता उनले केही दिन अघि राई र आफू लिभिङ टुगेदरमा बसेको तर पछि उनले छाडेको भन्दै अंश दाबीसहित जिल्ला अदालत काठमाडौंमा मुद्दा हालेकी थिइन् । तर भदौ ३१ मा फेरि उनले मुद्दा फिर्ता लिएकी छिन् ।







