असोज ४, काठमाडौं ।
वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटाको संगीतमा नयाँ गीती एल्बम सार्वजनिक भएको छ । बाँस्कोटासँगै जुगल डंगोलको संगीत, डब्बु क्षेत्रीको शब्द र सरिता भारतीको स्वरमा दुई गीत रहेको एल्बम ‘पहिलो भेटमै’ सार्वजनिक गरिएको छ ।
कोरोना संक्रमणका कारण सुरक्षित दुरी कायम गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमकाबीच एल्बम सार्वजनिक गरिएको हो । एल्बममा ‘बजाइ देउ बाजा’ र ‘पहिलो भेटमै’ समावेश रहेका छन् ।
शीर्षक गीतमा भारती आफैले दिक्पाल कार्कीसँग भिडियोमा अभिनय गरेकी छिन् । झन्डै पाँच वर्षदेखि गायनमा सक्रिय भारतीले यस अघि ‘मेरो जवानी’, ‘कोरोनाले दशैं रोयो’ जस्ता गीतमा आवाज दिइसकेकी छिन् । उनले सांस्कृतिक संस्थानबाट गायनमा डिप्लोमा गरेकी छिन् ।







