पशु चिकित्सा परिषदको अध्यक्षसहित ४ पदमा २१ जनाको दरखास्त

४ माघ, काठमाडौं । नेपाल पशु चिकित्सा परिषदको अध्यक्षसहितका ४ पदका लागि २१ जनाको दरखास्त परेको छ । कृषि तथा पशुपन्छी मन्त्रालय सम्बद्ध पशु चिकित्सा परिषदमा एक अध्यक्ष, दुई सदस्य र एक जना रजिष्टारको पद रिक्त छ ।

रिक्त पदहरुका लागि पदपुर्ति सिफारिस समितिले पुस १२ गते अध्यक्ष, दुई सदस्यका लागि विज्ञापन खुलाएको थियो । पुस १३ गते रजिष्टारका लागि दरखास्त आह्वान गरेको थियो । एउटै विज्ञापन गरे हुनेमा एक दिन अगाडि र पछाडि दरखास्त आश्वान गर्नु आफैँमा रहस्यमय देखिन्छ ।

विज्ञापन अनुसार निर्धारित समयमा एक जना अध्यक्षका लागि ८ जनाले दरखास्त दिएका छन् । दुई जना सदस्यका लागि ९ जना र एक जना रजिष्टारका लागि ४ जनाले दरखास्त दिएका दिएका छन् । अध्यक्ष, रजिष्टार र सदस्यका लागि भएको दुई वटा छुट्टाछुट्टै विज्ञापन अनुसार ४ पदका लागि कुल कूल २१ जनाले दरखास्त दिएका हुन् ।

अध्यक्षमा रेवतीमान श्रेष्ठ, रामकृष्ण खतिवडा, रामपुकार ठाकुर र विमल कुमार निर्मल, विकेपी साह, बन्शी शर्मा, दिनेश पराजुली, दिनेश सिंहले दरखास्त दिएका छन् ।

दुई जना सदस्यका लागि नरेश साह, शम्भु नारायण शाह, रामपरीक्षण साह, सन्जिभ ठाकुर, हरिकृष्ण थापा, करुणा शर्मा, रामकुमार मण्डल, दिनेश यादव र अर्जुन पण्डितले दिरखास्त दिएका छन् ।

रजिष्टारमा रामकुमार कार्की, रामकुमार मण्डल, मुकुल उपाध्याय र दिनेश कुमार यादवको दरखास्त परेको छ ।