राष्ट्रियसभाका पूर्व सदस्य लक्ष्मीदास मानन्धरको निधन

७ माघ, काठमाडौं । राष्ट्रियसभाका पूर्व सदस्य लक्ष्मीदास मानन्धरको निधन भएको छ । मानन्धरको ९३ वर्षको उमेरमा निधन भएको हो ।

मानन्धर २०५८ सालमा नेकपा एमालेका तर्फबाट राष्ट्रियसभामा सदस्य बनेका थिए । एमालेको जनसंगठन राष्ट्रिय उद्योग व्यवसायी महासंघका पूर्वअध्यक्ष समेत रहेका मानन्धरको ९३ बर्षको उमेरमा बिहीबार निधन भएको हो ।

लामो समय साल्ट ट्रेडिङ्ग लिमिटेडका अध्यक्ष समेत रहेका मानन्धरको नेपालमा नुनको कारोबारलाई व्यवस्थित गर्न महत्वपूर्ण भूमिका रहेको मानिन्छ ।