मृत अवस्थामा बाघ फेला

१६ माघ, काठमाडौं । नवलपरासीको बर्दघाट १६ को भालु खोलामा शनिबार एक पाटे बाघ मृत अवस्थामा फेला परेको छ।

साढे ७ फिट लम्बाई र ३ फिट उचाई रहेको करिब १ सय ५० किलोको ब्यस्क पोथि पाटेबाघ मृत अवस्थामा फेला परेको बर्दघाट सरावल सब डिभिजन वन कार्यालय बर्दघाटले जनाएको छ ।

वन्यजन्तु चोरीशिकारी गर्ने तस्करहरुले पासोमा पारी गोली हानी हत्या गरेको हुन सक्ने वन कार्यालय बर्दघाटका प्रमुख गिरीराज पन्तले बताए । उनले घटनाको थप अनुसन्धान भइरहेको समेत जानकारी दिए ।

मृत बाघलाई आवश्यक वन कानुनी प्रकृया पुरा गरि सुरक्षाकर्मी, जनप्रतिनिधि, पत्रकारको रोहबरमा ईलाका वन कार्यालयकै परिसरमा गाडीएको छ।