१६ माघ, काठमाडौं । अमेरिकाले नेपाललाई फेब्रुअरि १ (माघ १८ गते)भित्र अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)पास गर्न अल्टिमेटम दिएको छ । अन्यथा एमसीसी फिर्ता लैजाने अमेरिकी चेतावनी छ ।
नेकपा एकीकृत समावजादीका बरिष्ठ नेता झलनाथ खनालका अनुसार अमेरिकाले नेपाललाई एमसीसी अनुमोदनका लागि दिएको अल्टिमेटमको सूचना प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिएका हुन ।
शनिवार बिहान र दिउँसो गरी दुई पटक पाँच दलीय सत्ता गठबन्धनको बैठक बसेको थियो । उक्त बैठकमा प्रधानमन्त्री देउवाले अमेरिकी अल्टिमेटमबारे गठबन्धनका नेताहरुलाई जानकारी गरएका हुन । उनका अनुसार फेब्रुअरी १ मा एमसीसी पास नगरे फिर्ता लैजाने चेतावनी अमेरिकाले दिएको छ ।
‘फेब्रुअरी १ मा एमसीसी अनुमोदन गराउन अमेरिकाले अल्टिमेटम दिएको रे । त्यसभित्र तिमीहरुले पास ग¥यौ भने ग¥यौ होइन भने हामी फिर्ता लान्छौं भनेर प्रधानमन्त्रीले भन्थे’ एकीकृत समाजवादीका नेता खनालले भने ।
अमेरकाले अल्टिमेटन दिएकाले त्यो समय घर्काउन प्रतिनिधिसभा बैठक स्थगित गरिएको पनि नेताहरुले बताएका छन् । नेता खनालले थपे, ‘अब १० दिन प्रतिनिधिसभा बैठक स्थगित गरौं, यहीबीचमा फेब्रुअरी १ पनि जान्छ । के के हुँदो रैछ हेरौँ न ।’
आफुहरु संशोधनबीना एमसीसी सम्झौता पास गर्न नहुने पक्षमा स्पष्ट रहेको पनि खनालले बताएका छन् । ‘यत्राबिधि आपत्तिजनाक कुरा छन्, नसच्चिएसम्म अनुमोदन हुँदैन नि’ नेता खनालले भने ।
गत पुस ४ गते बरिष्ठ नेता खनालकै नेतृत्वमा पाँच दलीय सत्तागठबन्धनले एमसीसीबारे समान धारणा बनाउन अध्ययन समिति बनाएको थियो । तर, समितिले हालसम्म कुनै धारणा बनाएको छैन ।
अध्ययन समिति गठन गर्ने निर्णय गर्नु गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले संसदको चालू अधिवेशनबाट एमसीसी पेस गर्ने प्रस्ताव राखेका थिए । तर, सत्ता साझेदार दलहरुले एमसीसी यथास्थितिमा अगाडि बढाउन नहुने भन्दै प्रश्न उठाएपछि गठबन्धनले समान धारणा बनाउन भन्दै समिति गठन गरेको हो ।
तर, गठन भएको डेढ महिनासम्म खनाल नेतृत्वको अध्ययन समितिले समान धारणा तय गर्न सकेको छैन । वरिष्ठ नेता खनाल नेतृत्वको अध्ययन समितिमा सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ सदस्य छन ।






