१७ माघ, काठमाडौं । नेपाल भेटरिनरी एशोसियसनले बागमती प्रदेश लोकसेवा आयोगले विज्ञापनमा भएको आफ्नो त्रुटी तत्काल नसच्याए कडा संघर्षमा जाने चेतवानी दिएको छ ।
आयोगको कार्यालय हेटौडाले माघ १० गते प्रदेशका विभिन्न सात वटा स्थानीयतहमा स्थायी पदपूर्तिका लागि नेपाल कृषि सेवा भेटरिनरी समूह ‘पशु चिकित्सक’ अधिकृत छैठौं तहको पदपूर्तिको निम्ति एक तह माथिको आवस्यक न्यूनतम शैक्षिक योग्यता राखी ‘पशु चिकित्सा शास्त्रमा स्तातकोपाधि’ सूचना प्रकाशित गरिएकोमा एसोसियसनले आपत्ति जनाएको हो ।
एसोशियसनले उक्त पदहरुलाई कम्तिमा सातौं तह कायम गरी योग्यता सच्याउन अनुरोध गरेको छ । साथै स्थानीयतहहरुमा रहने कृषि सेवाको भेटरिनरी समूहका पदहरु र कर्मचारी संख्या संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट दबरन्दी तेरीजमा व्यवस्था भएकोमा पशु चिकित्सकको दरबन्दी सातौं र आठौ हुने प्रस्ट उल्लेख रहेको समेत एशोसियसनले जनाएको छ ।








