२८ माघ, काठमाडौं । दयाहाङ राई र नम्रता श्रेष्ठ अभिनित २४ मिनेटको सर्ट फिल्म ‘वरदान’ बिहीबार युटुबमार्फत सार्वजनिक गरिएको छ।
शुभ मिडिया होमले निर्माण गरेको आत्महत्या रोकथामबारे जनचेतनामूलक ‘वरदानमा’ लुनिभा तुलाधर, प्रवीण खतिवडा, जयनन्द लामा, पुष्कर गुरुङ, शारदा गिरी, सुनिता श्रेष्ठ र कृष्णभक्त महर्जनले पनि अभिनय गरेका छन्।
शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शैलेश श्रेष्ठको संगीत तथा उत्तम न्यौपानेको साउन्ड डिजाइन फिल्ममा छ।







