सभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक एमालेद्वारा बहिस्कार

८ फागुन, काठमाडौँ । सभामुख अग्नि प्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठक अगाडि सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बैठक साढे ११ बजे बस्ने जानकारी दिए । कार्यव्यवस्था समितिको बैठकले संसदमा प्रस्तुत हुने कार्यसूची तय गर्ने भएको छ ।

आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ । उमालेले माधव नेपालसहित १४ जना सांसदलाई कारबाही नगरेको भन्दै पाँच महिना भन्दा बढी समयदेखि प्रतिनिधिसभाको बैठक अवरुद्ध पार्दै आइरहेको छ ।