८ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेस गर्ने विषयमा सत्ता गठबन्धनमा सहमति भएको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसदमा पेश गर्ने सहमति भएको हो ।
बैठकमा सहभागी जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले एमसीसी आज संसदमा टेबल हुन दिने निर्णय भएको बताए । ‘आज टेबल हुन्छ । जे हुन्छ, त्यसपछि हुन्छ,’ उनले भने ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आजका संसद बैठकमा एमसीसीसँगै रोकिएका ४१ वटा विधेयक पनि सदनमा पेस गर्ने सहमति बनेको जानकारी दिए ।
आज प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ । त्यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । समितिको बैठकले एमसीसी टेबल गर्नेलगायत कार्यसूची तय गर्ने बताइएको छ ।







