‘लक्का जवान’ चैत्रमा सार्वजनिक हुने

५ असोज, काठमाडौं । गत चैत्र २१ मा सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म ‘लक्का जवान’ आगामि चैत्रमा प्रदर्शनमा ल्याने तयारी भइरहेको छ ।

हाँस्य कलाकार शिवहरी पौडेलको डेब्यु निर्देशन रहेको फिल्म ‘लक्का जवान’ आगामी चैत्रमा सार्वजनिक प्रदर्शनमा आउने भएको हो ।

प्रदर्शनको वातावरण बने दशैँ, तिहारमा, नत्र चैत्रमा ‘लक्क जवान’ सार्वजनिक प्रदर्शनमा ल्याइने फिल्मका निर्देशक शिवहरि पौडेलले बताए ।
‘हामी फिल्म रेडी गरेर बसेका छौ’ पौडेलले भने ‘प्रदर्शन वातावरण मिल्यो र सुरक्षित हुने महशुस हुनेवितिकै रिलिज गर्छौँ ।’