असोज ६, काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एप विच्याटमाथि लगाएको प्रतिबन्ध कार्यान्वयन नगर्न अदालतले आदेश दिएको छ । अमेरिकी मजिस्ट्रेट न्यायाधीश लरेल बिलरले यस्तो आदेश दिएकी हुन् ।
उक्त प्रतिबन्धले वाक् स्वतन्त्रता र संविधानको पहिलो संशोधन उपर प्रश्न उठाएको भन्दै उनले यस्तो आदेश दिएकी हुन् । अमेरिकाको वाणीज्य मन्त्रालयले आइतबार उक्त एप डाउनलोड गर्न नदिन प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
ट्रम्प प्रशासनले उक्त एपबाट राष्ट्रिय खतरा रहेको भन्दै प्रतिबन्धको घोषणा गरेको थियो । विच्याट र चीन दुवैले यस दाबीको खण्डन गरेका छन् । विच्याट बनाउने कम्पनीले यस निर्णयलाई ‘दुर्भाग्यपूर्ण’ बताएको थियो ।
यस एपसँगै अर्को चर्चित चिनियाँ एप टिकटकमाथि प्रतिबन्धको घोषणा हुन लाग्दा अदालतको यस्तो आदेश आएको हो ।
(एजेन्सी)







